दफा ३४
निर्वाचनको गोपनीयता भङ्ग गर्न नहुने
(१) निर्वाचन अधिकृत, मतदान अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, अनुगमनकर्ता, सुरक्षाकर्मी र कानून बमोजिम निर्वाचनको कुनै काममा खटिएको, प्रतिनिधित्व गरिरहेको वा सघाउ पुर्याइरहेको कुनै व्यक्तिले त्यस्तो कामको सन्दर्भमा आफूलाई प्राप्त जानकारी कानून बमोजिमको अवस्थामा बाहेक अन्य कुनै व्यक्तिलाई दिन, अभिव्यक्त गर्न वा प्रकट गर्न हुँदैन ।
(२) निर्वाचन अधिकृत, मतदान अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी वा सुरक्षाकर्मी, अनुगमनकर्ता वा आयोगले निर्वाचनमा खटाएको पर्यवेक्षक वा उम्मेदवार वा निजको कुनै प्रतिनिधि वा मतदाता वा अन्य व्यक्तिले कुनै मतदाताले मत दिएको वा नदिएको वा कुनै उम्मेदवारलाई मत दिएको वा कसले कति मत पाएको वा मतपत्रमा मतदाता चिनिने गरी कुनै पनि किसिमको सङ्केत वा चिन्ह रहेको वा अन्य कुनै कुराहरु कसैलाई भनी, लेखी वा कुनै किसिमले प्रकाशन गरी प्रकट गर्न वा गराउन हुँदैन ।
तर निर्वाचन अधिकृत वा निजबाट अधिकारप्राप्त अधिकारीले मतगणनाको सिलसिलामा उम्मेदवारहरुले पाएको मतसङ्ख्या सार्वजनिक रुपमा जानकारी गराउन वा त्यस्तो जानकारीको आधारमा भन्न, लेख्न वा प्रकाशन गर्न यस दफाले कुनै बाधा पुर्याएको मानिने छैन ।
(३) उपदफा (१) वा (२) विपरीतको कार्य गर्ने व्यक्तिलाई आयोग, निर्वाचन अधिकृत वा मतदान अधिकृतलेपच्चीस हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) वा (२) विपरीतको कार्य निर्वाचन अधिकृत, मतदान अधिकृत, कर्मचारी वा सुरक्षाकर्मीले गरेमा निजलाई निजको सेवा शर्त सम्बन्धी कानून बमोजिम कारबाही हुनेछ ।